बैजीवाडाका ट्याक्टर दुर्घटना हुँदा तेह्र जना घाईते

सि.टा. समाचारदाता

सिमकोट – सिमकोट गाउँपालिका– १ को बैजिवाडामा ट्याक्टर दुर्घटना हुँदा तेह्र जना घाईते भएका छन । जडिबुटी संकलन गर्न गएका कामदार ट्याक्टर सिमकोटतर्फ फर्कने क्रममा दुर्घटना भएको हो ।
बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार मध्य एक जना गम्भीर घाईते र तेह्र जना घाईते भएका छन ।। कर्णाली प्रदेश ०२००१त०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो ।

घाईतेहरु सिमकोट गाउँपालिका– ८ को स्याँडाका र खार्पुनाथ गाउँपालिका– ३ को रायाका मानिसहरु रहनु भएको छ । जडिबुटी संकलन गरेर आएको कारण घाईतेहरुको पहिचान हुन सकेको छैन । । दुर्घटनास्थलबाट घाईतेलाई सडकसम्म उद्धार गरेर सिमकोटतर्फ ल्याउने तयारी भई रहेको छ । एक जना भने सकुशल रहेका छन ।