वडा अध्यक्ष शाहीको पहलमा एम्बुलेन्स दुर्घटनामा परि घाईते भएका चालकलाई तीन लाख भन्दा आर्थिक सहयोग

फोटो क्याप्सन पाटन अस्पतालमा घाईतेकी श्रीमतिलाई जुटेको आर्थिक सहयोग प्रदान गर्दै वडा अध्यक्ष शाही । तस्बिर ः सौजन्य, भरतजंग शाही

सि.टा.समाचारदाता
सिमकोट । गत असार २३ गते राती खार्पुनाथ गाउँपालिका– १ को भिगौडामा एम्बुलेन्स दुर्घटनामा पनि गम्भीर घाईते भएका चालकको उपचारका लागि तीन लाख भन्दा बढी सहयोग रकम जुटेको छ । उक्त गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष भरतजंग शाहीको बिशेष पहलमा आर्थिक सहयोग जुटाउने कार्य भएको थियो ।

यतिबेला पाटन अस्पतालमा उपचाररत एम्बुलेन्स चालक जंगबहादुर शाहीको उपचारमा सहयोग गर्नका लागि पेल्पिङ ह्याण्ड नामको फेसवुकमा म्यासेन्जर ग्रप खडा गरेर आर्थिक सहयोग जुटाउन दुई दिनसम्म सञ्चालन गरिएको अभियानमा आर्थिक सहयोग जुटेको र उक्त सहयोग रकम घाईतेका आफन्तलाई पाटन अस्पतालमा प्रदान गरिएको छ ।

सहयोग रकम तीन लाख १८ हजार ४३१ रुपियाँ उठेको थियो । यो रकम अधिकाँस हुम्लावासी र केही जिल्ला बाहिरका मानिसले सहयोग गरेका थिए । प्राप्त भएको रकम पाटन अस्पतालमा बिरामीको श्रीमतीको हातमा बुझाईएको छ । यो पुन्य कार्यमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि वडा अध्यक्ष शाहीले धन्यवाद दिए ।

तपाईहरूको यो अमूल्य सहयोगले कसैको जीवन रक्षामा सहयोग पुगेको उनको भनाई रहेको छ । दुर्घटनामा एम्बुलेन्स चालक ३६ वर्षीया शाही घाइते भएका थिए । उनको शरिरका बिभिन्न भागमा चोट लागेको हो ।

चालक शाहीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको थियो । खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको थियो ।