सि.टा. समाचारदाता
सिमकोट । नेपाल प्रेस युनियनले १० औं महाधिवेशन आगामी जेठमा गर्ने गरी आफ्नो कार्यकाल थप गरेको छ । आईतबार काठमाडौंमा नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल प्रेस युनियनको विधान अनुसार विधान सभा लगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्था अनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधि थप गर्ने निर्णय गरेको जनाएको छ । प्रेस युनियनको विधानमा तीन वर्ष कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ ।
नेपाल प्रेस युनियनको विधान समयानुकुल संशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णय गरेको भएको छ । महासचिव दिलीप पौडेलका अनुसार मंसिरमा विधान सभा आयोजना गरेपछि क्रमशः जिल्ला, प्रदेश अधिवेशन गरेर जेठ भित्रै महाधिवेशन गर्ने रणनीति लिएको छ ।




















