सि.टा. समाचारदाता
सिमकोट । महामानव बिपी कोईरालाको स्मृति दिवस सम्झन हुम्लामा सरसफाई गरिएको छ । सदरमुकाम सिमकोटको सिमसार क्षेत्रमा जम्मा भएको फोहोरलाई काँग्रेस निकटका भातृ र शुभेक्छुक संस्थाको आयोजनामा सफा गर्ने कार्य गरिएको हो ।
मंगलबार सिमसार क्षेत्रमा जम्मा भएको फोहोर संकलन गरेका बिपी कोईरालाको ४४ औं स्मृति दिवस मनाउे कार्य भएको हो । नेपाल बिधार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समिति र बिपी चिन्तन प्रतिष्ठानको आयोजनामा सरसफाई गर्ने कार्य भएको हो समसार क्षेत्रमा छरपुष्ट फोहोरलाई संकलन
गर्दै त्यसलाई एक ठाउँमा जम्मा गरेर ब्यवस्थापन गरिएको थियो कार्यक्रममा काँग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषध्यक्ष बबिता शाही लगाएत नेपाली काँग्रेसका अन्य नेता तथा कार्यकर्ता, भातृ तथा शुभेक्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिपीको बारेमा बक्ताहरुले चर्चा समेत गरेका थिए ।




















