साफ अन्डर – १७ महिला च्याम्पेनसीप प्रतियोगितामा हुम्लाकी भूमिका शाही छनौट

सि.टा. समाचारदाता
हुम्ला । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्ला जिल्लाकी भूमिका शाही छनौट भएकी छन । भुटानमा हुन लागेको सो प्रतियोगिताका शाही राष्ट्रिय खेलाडीको रुपमा छनौट भएकी हुन ।

हुम्लाकी शाही साफ अण्डर –१७ महिला क्याम्पियनसिपका लागि राष्ट्रिय खेलाडीका रुपमा छनौट भएको अखिल नेपाल फुटवल संघले ( एन्फा ) जनाएको छ । संघले सार्वजनिक गरेको राष्ट्रिय महिला खेलाडीको ३५ सदस्यीय टोलीमा शाहीको नाम पनि छनौटमा परेको छ ।

छनौट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा भाग लिनका लागि साउन ८ गते अनिवार्य रुपमा सक्कल नावालक परिचयपत्र र पासपोर्ट सहित मकवानपुरको रेगल हेटौडा रिसोर्टमा बोलाईएको छ । उनी कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको चङ्खेली गाउँपालिका– २ को दार्म ( गर्खा ) गाउँकी स्थायी बासिन्दा हुन ।

भुटानमा हुने सो प्रतियोगिताका लागि हुम्ला जिल्लाबाट फुटवलमा दोस्रो राष्ट्रिय खेलाडीका रुपमा शाही छनौट भएकी हुन । यसअघि खार्पुनाथ गाउँपालिकाकी दिपा शाही महिला राष्ट्रिय फुटबल खेलाडीमा छनौट भएर हाल पनि राष्ट्रिय खेलाडीका रुपमा खेल्दै आएकी छन ।