कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा निर्माण भएका यी हुन पक्की पुल

फोटो क्याप्सन सल्ली खोलामा निर्माण गरिएको पक्की पुल तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट। कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा तीन वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका छन । बहुवर्षीय योजना भित्र पर्ने भएपनि आर्थिक वर्ष ०८१।०८२ मा यी पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि हिल्सासम्ममा बिगत आठ वर्षदेखि निर्माण कार्य सुरु हुँदै आएका पक्की गत असार महिनाभित्र सम्पन्न भएको हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए ।

यसअघि सडक सञ्जाल नजोडिएकोले निर्माण सामाग्री ढुवानीमा समस्या भएको कारण पुल निर्माणमा ढिलाई भएको भएपनि एक वर्षयता सलीसल्लाको कर्णाली नदीमा बेलिब्रीजको निर्माण कार्य सम्पन्न हुँदा सडक यातायात खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिएपछि पुल निर्माण कार्यले गति लिदा यी संरचना निर्माण हुन सफल भएका हुन ।

यी पक्की पुलो निर्माण कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ । यसरी एक वर्षमा निर्माण कार्य सम्पन्न भएका पक्की पुलहरुमा सल्ली खोला, ताग्रु खोला र हेक्पा खोला रहेका छन । यद्यपि हेक्पा खोलको पुलको निर्माण कार्य पाँच प्रतिशत बाँकी रहेको छ । यो पुल आव ०७३।०७४ बाट निर्माण कर्या सुरु भएको थियो ।