शिक्षक सेवा आयोगद्वारा आर्थिक वर्ष २०८२/०८३ को कार्यतालिका सार्वजनिक (विवरणसहित)

सि.टा समचारदाता

 शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०८२/०८३ को लागि शिक्षक पदपूर्ति तथा अध्यापन अनुमतिपत्र सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार विभिन्न तह तथा श्रेणीका शिक्षक पदमा परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा अध्यापन अनुमतिपत्र वितरणको समय तालिका निर्धारण गरिएको छ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको विज्ञापन श्रावण महिनामा प्रकाशित हुनेछ भने प्रतियोगितात्मक र आन्तरिक विधिबाट दरखास्त माग गरिनेछ। २५% आन्तरिक र ७५% खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ।

प्रमुख कार्यतालिकाअनुसार :
प्राथमिक र निम्न माध्यमिक तहको विज्ञापन: श्रावण
प्रथम श्रेणीमा बढुवा: श्रावण माध्यमिक तहको अध्यापन अनुमतिपत्र: परीक्षा कात्तिक, नतिजा कात्तिक निम्न माध्यमिक तहको अनुमतिपत्र: परीक्षा माघ, नतिजा फागुन
प्राथमिक तहको अनुमतिपत्र: परीक्षा चैत्र, नतिजा असार
माध्यमिक तह तृतीय तहको खुला विज्ञापन: मङ्सिर
निम्न माध्यमिक तह तृतीय तहको खुला विज्ञापन: माघ
प्राथमिक तह तृतीय तहको खुला विज्ञापन:

चैत्र नियुक्ति प्रक्रिया (तीनै तहको): श्रावणदेखि गएका आवधिक बाँकीसम्म शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त मागका आधारमा यस कार्यतालिका तयार गरिएको जनाएको छ। आयोगले यस कार्यतालिकाअनुसार पदपूर्ति प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।