सडक खन्ने क्रममा स्काभेटर पुरियो

फोटो क्याप्सन माटोमा पुरिएको स्काभेटर । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट। सिमकोट खार्पु खण्डको थलाहाल्नको भीरमा सडक खन्ने क्रममा स्काभेटर परिएको छ । सडक खनी रहेको बेला माथिबाट आएको माटोले छोपेर सडकसँगै स्काभेटर खसेको हो । सडक खन्ने क्रममा दिउसो शुक्रबार स्काभेटर माटोमा पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले जानकारी दिए ।

स्काभेटर पुरिएको भएपनि चालकलाई सहकुशल उद्वार गरिएको होे । स्काभेटर पुर्ण रुपमा माटोमा पुरिएको अवस्था मै चालकलाई उद्धार गरिएको हो । सो स्काभेटर सडक खन्ने स्थान भन्दा बीस मिटर तल रहेको छ । माटोमा पुरिएको स्काभेटर अर्को स्काभेटरले निकाल्ने काम भइरहेको छ । माटो भित्र रहेको कारण स्काभेटरको अरु बिबरण भने आउन बाँकी रहेको छ ।