लोग भण्डारी
सिमकोट । सात चरण पुरा गरेर सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यामिक विद्यालयले आयोजना गरेको यसवर्षको स्टार छनौट प्रतियोगिता सम्पन्न भएको छ । आफ्ना पाँच जना सहयोगी प्रतिश्प्रर्धीलाई पछि पार्दै सुनारले प्रथम स्थान हाँसिल गरेका हुन ।
वर्षेनी रुपमा आयोजना हुँदै आएको बालमन्दिर स्टारमा यसवर्ष कक्षा दशमा अध्ययनरत छात्र सुनार पहिलो स्थान हुन सफल भएका छन भने भने कक्षा दश कै छात्र दोर्पेस सुनार उपविजेता, कक्षा नौ की छात्रा सर्मीला शाही दोस्रो उपविजेता र कक्षा नौमा अध्ययनरत छात्रा अरुणिमा पुनमगर तेस्रो उपविजेता भएकी छन ।
त्यसैगरि कक्षा आठकी छात्रा अनिशा लामा चौथो उपविजेता भएकी छन । बालमन्दिर स्टारका सातौ संस्करणको फाईनल चरणमा यो परिणाम आएको विद्यालयका प्रधानाध्यपक कैलाश रोकायाले बताए ।
स्टारमा बिजेता र उपविजेता छात्र छात्रालाई सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, सिमकोट गाउँपाकिला ५ का वडा अध्यक्ष चीन रावत, शिक्षा बिकास तथा समन्वय इकाई योगेस आलेमगर, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्य, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।
यसअघि छ वटा चरण पुरा भई सकेका थिए । गायन क्षेत्रमा बिधार्थीहरुमा भएको कला र सीपलाई बाहिर ल्याउन विद्यालयले यो कार्यक्रम आयोजना गर्दै आएको छ । प्रतियोगितामा बिधार्थीहरुले आधुनिक, लोग, पप, र सेन्टिमेन्टल लगाएतका गीत गाएका थिए ।























