खच्चा सडक सुचारु

सि.टा. समाचारदाता
सिमकोट । अविरल वर्षाका कारण अवरुद्ध हुँदै आएको हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक दुई दिनपछि सुचारु भएको छ । शनिबार रातीदेखि अविरल वर्षाको कारण पहिरो जाँदा खच्चा सडक खण्ड अवरुद्ध हुँदै आएकोमा सोमबार मर्मत गरिएपछि सुचारु भएको हो ।

माथिबाट खसेको पहिरोले अवरुद्ध भएको खच्चा सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । अवरुद्ध भएको सडक दुई वटा डोजर लगाएर मर्मत गरेर सडक खुलाउने कार्य हो । सडक सुचारु भएपछि यातायातका साधन आफ्नो गन्तव्यतर्फ लागेका छन ।

अवरुद्ध भएको सडक नेपाल प्रहरी, स्थानीय लगायतले खुलाउने प्रयास गरेका थिए । खच्चा सडक खण्ड अवरुद्ध हुँदा दुबै तर्फको सवारी साधन रोकिएका छन् । वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रीने मालबाहक ट्रक, बोलेरो जीप लगायत अन्य सवारी उतै रोकिएका थिए भने हुम्लाबाट जिल्ला बाहिर जाने विभिन्न सवारी साधनपनि यतै रोकिएका छन ।

सडक सुचारु भएपछि यातायातका साधन आफ्नो गन्तव्यतर्फ लागेका छन । अविरल वर्षाका कारण खच्चा सडकमा पहिरो गएको थियो । खच्चा सडक खण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा वर्षाले पहिरो जाने र हिउँदयाममा सुख्खा पहिरो गई रहने गरेको छ ।

वर्षाको समय बाहेक पनि सुख्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारी साधन आउजाउमा समेत समस्या हुदै आएको थियो । हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्नु भएको थियो । कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको बैकल्पिक सडक नहुँदा सवारी साधन मात्रै नभएर यात्रुले समेत यस खण्डमा समस्या झेल्दै आएका छन् ।