सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा कोदो खेती प्रति आर्कषण बढ्दै गएको छ । कुन्नको बुझाईलाई चिर्दै किसानस्तरमा कोदोको महत्व र उपयोगिताका बारेमा जानकारी हुन थालेपछि किसानहरु यो खेतीमा आर्कषण बढ्दै गएको हो ।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानीका किसान जुना फडेराले हराउन थालेको कोदो खेती प्रति किसानको आर्कषण बढ्न गएको बताईन । सात हल जग्गामा कोदो लगाउदै आएकी फडेराले यसवर्ष थप एक हल जग्गामा कोदो लगाएकी छन । यसअघि आफुले उपादन गरेको कोदोको रोटी, ढिढो बनाउने र केही बिक्री गर्ने गरेको भएपनि गतवर्षबाट उत्पादनका आधा बिक्री गर्ने गरिएको उनले बताईन ।
आफुलाई उपभोग गर्न र बिक्रीबाट आम्दानी पनि हुन थालेपछि कोदो खेती लगाउने किसान बढ्न थालेको उनकोे भनाई छ । यता सिमकोट गाउँपालिका– की जसमति रोकायाले सदरमुकाम सिमकोटको जग्गामा कोदो खेती हुन थालेपछि यो खेती गर्ने किसान बढ्दै गएको बताउदै आफुले मात्र एक वर्षमा पाँचदेखि सात क्वीन्टल कोदो उत्पादन गर्न थालेको बताईन ।
कोदोको फाईदा र उपयोगिता जानकारी पाएपछि यसको खेती प्रति आर्कषण बढ्दै गएको बताउदै उनले आफुले पनि कोदो बिक्रीबाट राम्रै आन्दानी गरि रहेको बताईन । हुम्लाका अधिकाँस खेती योग्य जमिनमा कोदो खेती हुने बताउदै कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले आर्थिक वर्ष ०८१।०८२ मा एक हजार ६२ हेक्टर जमिन कोदो लगाएर एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन भएको बताए ।
जव कि त्यो भन्दा अघिल्लो आर्थिक वर्ष सोही क्षेत्रफलको जग्गामा कोदो लगाउदा एक हजार १२३ मेट्रिकटन कोदो उत्पादन भएको थियो । उत्पादन पनि बृद्धि भएको र यो वर्ष थप तीस हेक्टर बढी जग्गामा कोदो खेती थपिएको उहाँले बताउनुभयो । हुम्लामा कोदोको उत्पादकत्व पनि बृद्धि भई रहेको बताउदै उनलेँ प्रति हेक्टर एक दशमलव सुन्न ५९ मेट्रिकटन रहेको बताए ।
उत्पादकत्व दर पनि वर्षेनी बृद्धि हुँदै गएको उनको भनाई छ । धान रोप्ने जग्गाले मुख्य प्राथमिकता पाउने भएको कारण सिंचाई कम भएको र आकाशे पानीको भरमा खेती गर्नु पर्ने भएको कारण कोदोको उत्पादन कम भएको बताउदै उहाँले यसलाई किसानले बिचार गर्न सके उत्पादन अझै बृद्धि गर्न सकिने छ ।
त्यो संग उचित सिंचाई, मलखादको सिफारिस मात्रा अनुसार कोदो रोप्न सकिएपछि उत्पादन बढाउन सकिने अबस्था रहेको देखिन्छ । अर्को कुरा जिल्ला बाहिर हुम्लाको प्राङ्गारिक मल प्रयोग भएको कोदो पठाउन सुरु भएपछि किसानलाई आम्दानीको श्रोत पनि देखिएका छ ।
























