सि.टा.समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आउने सडक छोडिएको छ । सडक छोटो बनाउन र सुरक्षित स्थानबाट नयाँ सडक निर्माण गरिएपछि सडक छोटिएको हो । अब कर्णाली करिडोरबाट सदरमुकाम सिमकोट आई पुग्ने सडक सुरक्षित र दुरी पनि छोटिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
करिडोरको सिमकोट गाउँपालिका– ५ को कालाढुङ्गाबाट ओखलढुङ्गासम्मको साँढे छ सय मिटर सडक निर्माण गरिएपछि सडक छोटिएको छ । अब यो सडक सञ्चालनमा आए यात्रा सुरक्षित पनि हुने छ । यसअघि स्याम्नेको ठ्यालेचौरबाट लाम्पाटी बचुनधारा डाँडा, स्यागस्याग, पून बचुनधारा, मेलविसौना ओखलढुङ्गा भएर सिमकोटसम्म सडक निर्माण गरिएको थियो ।
सो सडकको दुरी चार किलो मिटर लम्बाई रहेको छ । सिमकोट खार्पु बाह्र किलोमिटर सडक रहेको छ । अब नयाँ स्थानमा सडक निर्माण गरिएपछि तीन दशमलव चार सय किलो मिटर सडक छोटिएको छ । सडक छोटिने मात्र नभएर सुरक्षित स्थानमा समेत सडक निर्माण गरिएको छ । यसअघि निर्माण गरिएको सडक साँघुरो र भीर पनि पथ्र्यो ।
हाल दुरी छोट्याएर निर्माण गरिएको सडक भदौ १ गतेबाट सञ्चालनमा आउने र त्यसपछि पहिलेको सडक भो बन्द हुनेछ । हालको सडक भएको स्थानीय दुरी लामोका साथै असुरक्षित भएको भन्दै कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वयमा सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गाधनीसंग भएको छलफलले सकरात्मक रुप लिदा अहिले नयाँ स्थानबाट निर्माण गर्न संभव भएको हो ।
सडक पुर्वाधार बिकास कार्यालयले एक महिनामा निर्माण गरेको हो । उक्त सडकको ट्राक खुलाउने कार्य भएको भएपनि त्यसलाई स्तरोन्नती गर्ने काम भने बाँकी नै छ ।























