बोलेरो जीप दुर्घटना दुई जना घाईते जिल्ला अस्पताल ल्याईदै

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा बोलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा त्यसमा सवार दुई जना घाईते हुनु भएको हो ।
भित्तर गौडामा बोलेरो जीप दुर्घटनामा भएको र उकालो चढ्न नसकेपछि जीप ब्याक भएर जमिनमा बजारिएको निमित्त प्रहरी नायव उपरिक्षक बिष्णुबहादुर श्रेष्ठले बताए । दुर्घटनामा परि खार्पुनाथ गाउँपालिका– १ का २५ वर्षका चालक राजु कामीको छाती र हात खुट्टामा चोट लागेको छ भने सोही गाउँपालिका ५ का ३५ वर्षीया मनविर सुनारको आँखा, हात, खुट्टा चोट लागेको छ । गाडीमा सवार गाडी मालिक गाउँनाथ गाउँपालिका– ४ का ३२ वर्षका बिरु भण्डारी भने सकुशल रहेका छन । घाईते दुवैलाई जिल्ल अस्पतालतर्फ उद्धार गरिएको छ । जीप खार्पुबाट ठेहेतर्फ गएको हो ।