अपाङ्गता भएका बिधार्थीलाई खाद्यान्न र स्टेस्नरी सहयोग

फोटो क्याप्सन अपाङ्ग बिधार्थीहरुलाई खाद्यान्न लगाएत सामाग्री सहयोग गरिदै ।

लोग भण्डारी
सिमकोट । अपाङ्गता भएका बिधार्थीहरुलाई खाद्यान्न र स्टेस्नरी सहयोग प्रदान गरिएको छ । हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई उक्त सहयोग गरिएको हो ।

उक्त विद्यालयमा अध्ययनरत चालीस जना बहिरा तथा बौद्धिक अपाङ्ग भएका बिधार्थीहरुलााई चामल चार बोरा, तेल एक कार्टुन, नुहाउने सावुन साठी पिस, १५६ वटा स्याम्पु, कापी सानो १५० वटा, कापी ठुलो ९६ वटा, डड्पेन असी वटा, भलिवल एक थान र नेलकटर पाँच वटा प्रदान गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कृष्ण पुनमगरले बताए ।

लिमिटेडको छैटै बार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका बिधार्थीहरुलाई सो सहयोग प्रदान गरिएको हो । यो सहयोगमा खाद्यान्न र तेलका लागि लिमिटेडले आर्थिक सहयोग गरेको छ भने, लामा सृजना जेभी र श्री चाङ्गा अर्डर एण्ड सप्लायर्सको सावन, खेलकुदका सामाग्री र स्टेस्नरी आर्थिक सहयोग रहेको छ ।

उक्त विद्यालयमा जिल्लाभरका अपाङ्ग बिधार्थीहरु अध्ययन गर्दै आएकोले थोरै भएपनि पठनपाठनमा सहयोग पुगोस भन्नका लागि सहयोग गरिएको उनले बताए । उक्त सहयोग जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा र प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले विद्यालयमा प्रधानाध्यापक कमला राईलाई प्रदान गर्नु भएको हो ।