सर्केगार्डको उनापानीमा माओवादी केन्द्र, समाजावादी र एमाले कार्यकर्ता काँग्रेस प्रवेश

फोटो क्याप्सन प्रवेश कार्यक्रमका सहभागीहरु । ,

सि.टा. समाचारदाता

हुम्ला । सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका २२ जना दुई पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । सोमवार उनापानीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई काँग्रेस प्रवेश गरिएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेका २२ जना कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस क नम्बर प्रदेशका सभापति मानदेव शाहीले बताए । उनका अनुसार नेपाली काँग्रेसका पुर्वसभापति एवं कर्णाली प्रदे्शका सदस्य जयपति रोकाया अविर लगाउदै सदस्यता प्रदान गरेर पार्टीमा भित्र्याएका हुन ।

यसरी नेपाली काँग्रेस प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रबाट प्रेम फडेरा, गोर्ख फडेरा, गोर्ख फडेरा, जानकला फडेरा, अखिल फडेरा, वाटुल्ली फडेरा, मेगु थापा नेकपा एमालेबाट र एकिकृत समाजवादीबाट जाडु फडेरा, लुटु कार्की, जसे फडेरा, कुम्मेर फडेरा, सिद्ध कामी, धनिकला कामी, चैनबहादुर फडेरा, याङ्गी फडेरा, गुरु फडेरा, धनकौरा फडेरा रावत, प्यारी फडेरा, पानकला कामी, गदुरी फडेरा, लक्की भियाल र बुद्धी फडेरा रहेका छन ।

प्रवेश कार्यक्रममा पुर्वसभापति जयपति रोकायाले नयाँ आउनेलाई समान अवसर प्रदान गरिने र सकृय भएर संगठन निर्माणमा लाग्न आग्रह गरे । कार्यक्रम प्रदेश सभापति शाही, कोषध्यक्ष मैना बुढा, महिला संघ क नम्बर प्रदेशकी अध्यक्ष् पबित्रा देबकोटा, वडा अध्यक्ष अकिल कार्की लगएतको उपस्थिती रहेको थियो भने कार्यक्रम वडा सभापति मिनबहादुर फडेराको सभापतित्वमा भएको थियो  ।