नीजि प्रयोजन र रिजर्भ बसलाई सञ्चालनमा रोक

फोटो क्याप्सन खाली बस सुर्खेततर्फ लाग्न थालेपछि त्यसलाई रोक्दै समितिका सदस्यहरु । तस्बिर : सि.टा 

सि.टा. समाचाारदता
सिमकोट । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा स्थापना भएका यातायात ब्यवसायीका समितिहरुको नीजि प्रयोजनका बसहरुलाई समेत सञ्चालनमा रोक लगाउने गरेका छन । यस्ता बसहरु सञ्चालन गर्न दिए बिच बाटोमा यात्रुहरु लैजाने आशंकामा सर्केगार्डबाट सुर्खेत र नेपालगंज गुड्नका लागि रोक लगाईएको हो ।

शुक्रबार सर्खेतबाट दिउसो १ वजे सर्केगार्ड आई पुगेको एसएमएल बसलाई काँक्रेबिहार यातायात ब्यवसायी समितिले जानै नदिएको बस मालिक भिमराज शाहीले बताए । समितिलाई जति अनुरोध गर्दा पनि नमानेको बताउदै अनावश्यक सर्केगार्डका होटेलमा बस्नु परि रहेको गुसानो उनको छ ।

बसको नियमित सर्भिसिङ्गका लागि आफुलाई लिन आएको बस भएपनि समितिले जानै नदिएको उनको भनाई छ । बसमा यात्रु नराख्ने सर्त मान्न आफु तयार भएको भएपनि बाटोमा यात्रु लैजाने आशंकाकै भर बसलाई सञ्चालन हुन नदिनु कानून भन्दा कोही माथि नहुने भएपनि ट्राफिक प्रहरी र प्रहरी मुकदर्शक भएर बसेको आरोप उनले लगाए ।

सो बसलाई अव भदौ दश गते मात्र पालो आउने र त्यतिबेला मात्र जान पाउने समितिले जनाएको छ । उक्त बसको रुट परमिट सुर्खेतबाट बाजुराको पिलुसम्म मात्र रहेको छ । यात्रु बोके प्रहरीले बालुकुना, कवाडी र धुलाचौरमा समेत समात्न सक्ने भएपनि त्यो कुरा समिति मान्न तयार देखिएको छैन । यो समस्या पहिले बाजुराको पिली र धुलाचौरमा भोग्नु परेको बताउदै अहिले अफ्नो जिल्लाको छिमेकी गाउँपालिकामा भोग्नु परि रहेको उहाँले बताउनुभयो ।

यसअघि पनि समितिले सुर्खेतबाट आएको रिजर्भ बसलाई पनि पाँच दिनसम्म रोकेको थियो । हाल सर्केगार्डबाट नियमित रुपमा दुई वटा बसहरु सुर्खेतका लागि सञ्चालन हुदै आएका छन । समितिका कर्मचारी दिर्घ सिंहले समितिको निर्णय अनुसार नै बसलाई सञ्चालन हुन नदिएको बताउदै यता भन्ने खाली गाडी लिने, तर बाटोमा यात्रु लैजाने गर्ने गरेको कारण रोकिएको बताए । खाली बस जान नपाईने भन्ने कुरा नहुँने सर्किदेउ प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र भट्टले बताए ।

तर प्रहरी कै अगाडी समितिका युवाहरुले गाडीलाई गुड्न नदिने भनेर सडक सञ्चालन हुन नदिनका लागि गाडी राखिएको छ । दुई पक्ष राखेर छलफल गर्ने प्रहरीले जनाएको छ । चाडबाड निजिकिदै गर्दा यात्रुहरु बस रिजर्भ गरेर समेत आउन सक्ने भएको कारण त्यतिबेला पनि ये समस्य आउने देखिएको छ ।