सि.टा. समाचारदाता
सिमकोट । पत्रकारिता गर्दा सुचनालाई ध्यान दिनुका साथै बिस्वसनीयता हुनु पर्ने जिल्ला एक दिन अगाडी सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन । जिल्लाका सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा प्रजिअ रेग्मीले सो कुरा बताएका हुन ।
जिल्लामा कार्यरत सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ रेग्मीले पत्रकारितामा सुचनालाई मात्र महत्व दिने गरिन्छ, जुन राम्रो नभएको र त्यसमा बिस्वसनीयता पनि हुनु पर्ने बताए । यसो भए पत्रकारिता गर्दा सुनमा सुगन्ध हुने उनको भनाई छ । त्यसैगरि अनुसन्धनात्मक र पर्यटकीय क्षेत्रको पहिचान हुने किसिमले पत्रकारिता गर्न पनि उनले
पत्रकारहरुलाई आग्रह गरे । सुशासन र पारदर्सीता कायम गर्न पत्रकारको ठुलो भुमिका रहने भएको कारण त्यो कुरालाई महत्वका साथ ध्यान दिन पनि उनले पत्रकरहरुलाई अनुरोध गरे । हुम्ला जिल्ला भर्जिन भएको र यहाँका धेरै कुरा बाहिर ल्याउन बाँकी रहेको कारण त्यसलाई बाहिर ल्याएर पर्यटकहरुलाई तान्ने काम पनि सञ्चारकर्मीबाट हुन पर्ने उनले बताए ।
यसअघि सञ्चारकर्मीहरुबाट सुझाव तथा सल्लाह माग गरेका थिए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक किबन्द्र मर्हजन, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द लगाएतको उपस्थिती रहेको थियो । प्रजिअ रेग्मीले आफु जिल्लामा आएर कार्यभार सम्हालेपछि पहिलो पटक पत्रकारसंग भेटघाट गरेका हुन ।















