हुम्लाकी शाहीको परम्परगत चुटकिला “ मतिउ ” सार्वजनिक

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाकी बिष्णुदेबी शाहीले परम्परा देखि गाउदै आएको चुटकिला “ मतिउ” साार्वजनिक भएको छ । आफ्नो परम्पराको पहिचाहनलाई संरक्षण गर्न देउडा खेलाडी समेत रहनु भएकी शाही उक्त चुटकिलाको म्यूजिक भिडियो रेर्कड गरेर सार्वजनिनक भएको हो ।

यो चुटकिलामा “ मतिउ माल रैगो पञ्च गाई ह, खर्क रै गो दही ” लाई लयमा ढालेर आफ्नो तीन पुस्तालाई सम्झदै शाहीले गाउनु भएको छ । यसमा सुरुमा हजुर बुवा ( बाजे) देखि हजुर आमा, बुवा, आमा, काका काकी, फुपु फुवाजु, दाई भाउजु भाई र भाई बुहारी, बहिनी देखि ज्वाईसम्मलाई चुटकिला गीत मार्फत सम्झने कार्य गरिएको छ ।

शाहीको एकल स्वर रहेको छ । यो चुटकिला लयमा ढालेर गाउने गरिएको भएपनि यसको कुनै प्रमाणित जस्ताबेज थिएन । एकले अर्कोबाट देखासिकीमा सिकेर गाउने गरिन्थ्यो । त्यही भएर शाहीले एउट म्यूजिक भिडियो तयार पारेर दस्तावेजका रुपमा राख्ने बताउनुभयो ।

यसबाट दर्शक र श्रोतले मनोरन्जन पनि लिनुका साथै आफ्नो प्रमाण समेत पेश गर्न सक्नु हुनेछ । यस्ता चुटकिला धेरै भएको र तिनीहरुलाई पनि संरक्षण गर्न उले आग्रह गरिन । यसअघि हुम्लामा गाईने देउडा गीतलाई म्यूजिक भिडियो निर्माण गएिको भएपनि हुम्लामा गाईने दर्जनौ चुटकिलालाई भिडियोका रुपम रकर्डिङ गनर्ने कार्य पहिलो पटक भएको छ ।