
सि.टा समचारदाता
सिमकोट । सिमकोट गाउँँपालिका— ५ को बालमन्दिर माविले बिहानको प्राथाना कार्यक्रमका लागि आफैले “ब्रेन जिङ” तयार पारेर प्रयोगमा ल्याएको छ । निक्कै लामो मिहिनेतबाट विद्यालयका शिक्षकहरुले यसलाई तयार पारेर प्रयोगमा ल्याईएको हो ।
यसअघि विद्यालयमा बिहाना प्राथाना कार्यक्रम अन्य कुरा बिधार्थीहरुलाई गरेर सुरु गरिने गरेको भएपनि अब भने विद्यालयले आफ्नै ब्रेन जिङ तयार पारेर प्रयोगमा ल्याएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए । यसबाट बिधार्थीहरुले प्राथाना कार्यक्रममा ब्यायम पनि हुनेछ ।
सात मिनेट लामो ब्रेन जिङ कक्षा एक देखि दशसम्मका बिधार्थीहरुले गर्दै आएका छन । हाललाई हप्तामा दुई दिन मङ्गलबार र शुक्रबारका लागि ब्रेन जिङ गर्ने गरिएको छ । यो आफ्नै उत्पादन भएको कारण विद्यालयको पहिचानका रुपमा पनि लिईने उनले बताए















