सि.टा. समाचारदाता
सिमकोट । जिल्ला भरका बित्पन्न र दलितका लागि चालीस सुरक्षित आवाास निर्माण गरेर हस्तान्तरण गरिएको छ । जनता आवास र बित्पन्न घर निर्माण कार्यक्रमबाट ती नयाँ घर निर्माण गरेर न्यून आयश्रोत भएका घरधुरीलाई हस्तान्तरण गरिएको हो ।
गत आर्थिक वर्ष ०८१।०८२ मा कर्णाली प्रदेश सरकारको अर्थिक सहयोगमा दुई वटा कार्यक्रमबाट चालीस वटा सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । यी घरहरु जनता आवास कार्यक्रमबाट बीस जना न्यून आयश्रोत भएका दलितहरुको घर निर्माण गरिएको छ भने बित्पन्न घर निर्माण कार्यक्रमबाट बीस जना दलित तथा न्यून आयश्रोत भएका गैर दलित ब्यक्तिको घर निर्माण गरिएको होे ।
यी घरहरु कर्णाली प्रदेश सभा सदस्यको क र ख क्षेत्रका स्थानीयका लागि निर्माण गरिएका हुन । जसमा दुवै कार्यक्रमबाट दुवै प्रदेश क्षेत्रमा बीस बीस वटा घर निर्माण गरेर हस्तान्तरण गरिएका हुन । दुई तले छ कोठे भवनलाई जस्तापाताले छापेर सुरक्षित गरिएको छ । एउटा भवन निर्माणका लागि कार्यक्रमबाट चार लाख रुपियाँ कार्यक्रमबाट खर्च गरिएको छ । यसका लागि कर्णाली प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयबाट एक करोड साठी लाख बजेट विनियोजित गरेर निकासा भई खर्च गरिएको हो ।
घरधनीले आफ्नो केही लगानी पनि गर्नु भएको छ । यी घर सम्वन्धित घरधनी निर्माण गरेका हुन । यो कार्यबाट जिल्लाका चालीस जना दलित तथा न्यून आयश्रोत भएका गैरदलितहरु लावान्भित भएका छन । भवन निर्माणका लागि मापदण्ड तयार गरिएको र त्यस अनुसार भवनहरु निर्माण गरिएका छन । बित्पन्न घर निर्माणा कार्यक्रमबाट आवास निर्माण् गर्नु भएका नाम्खा गाउँपालिका– १ को ताङ्गिन गाउँका पेमा छोईजुम लामा कार्यक्रमको सहयोग आफ्नो केही लगानीबाट घर निर्माणा गरेर बस्न पाएको बताए । यो कार्यक्रम गरिब, न्यूनआयश्रोत भएकाहरुको लागि सहयोगी बनेको छ ।
.






















