सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रि प्रजातन्त्र पार्टी हुम्ला आजको मितिबाट जिल्लास्थित दलीय सम्यन्त्रमा नरहने भएको छ । उक्त पाटीको जिल्ला अध्यक्ष बिकास महतले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै दलीय सम्यत्रम नरहने जनाएका हुन ।
यस अघि राप्रपा पनि जिल्ला स्तरिय सर्बदलिय संयन्त्रमा थियो । राप्रपालाई थाहा नै नदिई छुट्टै ती पार्टीले मात्र प्रेश बिज्ञप्ती निकाल्ने कामको राप्रपा हुम्ला खेद प्रकट गरेको कुरा अध्यक्ष महतले आफ्नो स्टाटसमा लेखेका छन । यो हुम्ला स्थित दलिय संयन्त्र नभै तीन दलीय संयन्त्र मात्र भएको र यसमा भ्रम नर्पन हुम्ली बासी सबैमा उनले अनुरोध गरेका छन ।
पार्टीहरुसंग संयन्त्र बनायर हुम्ली जनतालाई गुमराहा बनाउनु बाहेक अरु उपलब्धी नभएको हुदा बिहीबारब २६ गते देखि राप्रपा हुम्ला सर्बदलिय लंयन्त्रमा नरहने जानकारी उनले गरेका छन । तर हुम्ला जिल्लाको बिकास र सुशानमा राप्रपा हुम्लाको सधै साथ र सहयोग हुने उनले जनाएका छन । दलीय संयन्त्रमा रहदा जिल्ला स्थित राजनीतिक दलका साथीहरुबाट पाएको माया र सदभाब सधै अबिष्मरणिय रहने उनले जननाएका छन ।























