सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका जेष्ठ नागरिकहरु लगाएतले शिबिरबाट ४२५ जनाले चिकीत्सकबाट उपचार पाएका छन । सधै गाउँ कै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट उपचार गर्दै आएका बिरामीहरुले शिबिरमा भने चिकीत्सकबाट उपचार पाएका हुन ।
दुई दिनसम्म सञ्चालन भएको शिबिरबाट ४२५ जना बिरामी लावान्भित भएका छन । नीजि क्षेत्रको हेल्थ अस मेडिकल सेन्टरले आयोजना गरेको शिबिरमा ती बिरामीको उपचार भएको हो । दुई दिनसम्म सञ्चालन भएको शिबिरबाट २३२ जना सिमकोट गाउाँपालिका– ८ को स्याउँमा उपचार भएको थियो भने ७ को डाँडाफया स्वास्थ्य चौकीमा भएको शिबिरमा १२९ जना बिराधीको उपचार भएको थियो ।
उपचार गरिएका बिरामीहरु एक वर्षदेखि ९८ वर्ष उमेर समुहका थिए । शिबिरमा उपचारका साथै चिकीत्सकको सिफारिस अनुसार औषधी पनि निशुल्क बितरण गरिएको थियो । दुई दिने शिबिरमा सात लाखको खर्च सेन्टरले गरेको छ ।
अझ एक जना ९८ वर्षका जेष्ठ नागरिकले पहिलो पटक चिकीत्सकबाट उपचार पाएको सिमकोट गाउँपालिका– ७ को डाडाफया गाउँँका मेघजित शाहीले बताए ।
यत्रो उमेरसम्म चिकीत्सकबाट उपचार नपाएको बताउदै उनले शिबिर सञ्चालन भएपछि चिकीत्सक आएको कारण उनीँहरुसंग उपचार पाएको बताए । दम, कान नसुन्ने र आँखामा पनि समस्या आएपछि उहाँ शिबिरमा उपचारका लागि आउनु भएको हो । त्यसैगरि शिबिरमा सोही गाउँकी ९५ वर्षकी पुर्वकला शाहीले पनि पहिलो पटक चिकीत्सकसंग उपचार गरेको बताउनुभयो ।
तल्लो पेट र ग्यास्टिक समस्याले पिडित शाहीले चेकजाँच गर्ने क्रममा खुलेर आफ्नो समस्या समेत राख्नु भएको थियो । यो समस्या लिएर दुई महिनाको एक पटक स्वास्थ्य चौकीमा पुगेर उपचार गर्दै आएको बताउदै यस पटक शिबिरमा भने चिकीत्सक देख्न र उपचार गर्न पाएको उनले बताए ।
त्यसैगरि शिबिरमा ७१ वर्षकी मोतिसरा शाहीले पनि पहिलो पटक चिकीत्सकसंग उपचार गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । बाथ रोगकी बिरामी शाहीले शिबिरमा चिकीत्सक आउने खवर पाएपछि गाउँँका जेष्ठ नागरिकहरु अधिकाँस उपचार गर्न आएको बताएका छन । सदरमुकाम नजिकको गाउँका जेष्ठ नागरिकहरुले समेत चिकीत्सकबाट पहिलो पटक उपचार गर्न पाएको भनाई सुन्दा अचम्म लागेको बताउदै शिबिरमा आएका बिरामीको उपचारमा संलग्न चिकीत्सक विरेन्द्र शाहीले आफुलाई पनि यसरी जेष्ठ नागरिकको उपचार गर्न पाएकोमा भाग्यमानी ठानेको बताउनुभयो ।
खानपानमा ध्यान दिन नसकेको कारण शिबिरमा आउनु भएका अधिकाँस बिरामीहरुलाई ग्याष्टिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह रोग देखिएको उनले बताए । जेष्ठ नागरिकहरु कै उपचारमा सहयोग पुगोस भनेर नै शिबिर सञ्चाल गरिएको शिबिरका सञ्चालनमा सहयोग गर्दै आएको हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए । शिबिरमा चिकित्सकहरु छक्क थापा, बिरेन्द्र शाही र मंगला बुढाले उपचार गरेका थिए ।
स्त्री रोग सम्वन्धि सम्पुर्ण रोगको चेकजाँच, निशुल्क औषधी बितरण, भिडियो एक्स रे, नाक, कान र घाँटीको उपचार हुनुका साथै सुगर र प्रेशरको पनि चेकजाँच भएको थियो । दुई दिनसम्म सञ्चालन भएको शिबिरमा २५५ जना जेष्ठ नागरिकको उपचार भएको हो । स्वास्थ्य चेकजाँच गरिएका बिरामीलाई औषधी पनि निशुल्क बितरण गरिएको थियो ।
























