कुरिल्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाईते

सि.टा. समाचाारदाताा
सिमकोट । सिमकोट गाउँपलिका– ४ को कुरिल्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जीपमा सवार १३ जना मध्ये ११ जनालाई चोट लागेको भएपनि २ जना घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक संकर पोखरेलका अनुसार मंगलबार दिउसो ३ बजे जिल्ला सदरमुकाम सिमकोटबाट सर्केगार्ड गाउँपलिका जानेक्रममा कुरिल्लामा सर्केगाड गाउँपालिका–४ का २८ वर्षिया दलबहादुर विकले चलाएको क.प्र.०२००१ च.०२०८ नम्बरको जीप एक्कासी ब्रेक फेल हुदा दुर्घटना भएको छ । जीप भित्तामा ठोकीदा सडकमा पल्टीएको थियो ।

जीप सडकमा पल्टिदा आठ जना पुरुष सहित १३ जना सवार मध्ये सर्केगाड गाउँपालिका– रिपका ३५ वर्षिया सुनमति कार्की र निजकै छोरा १५ वर्षका जनक कार्की घाइते भएका छन । घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल सिमकोटमा उपचार भैरहेको छ ।

घाईते भएकी कार्कीको दायाँ कानमा र छोराको दायाँ घुँडामा चोट लागेको छ । जीप दुर्घटना भएलगत्तै खार्पुनाथ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हरीसिंह भाट सहितको टोलीले उद्धार गरीरहेको छ । अन्य घाईतेलाई पनि जिल्ला अस्पताल ल्याउन लागिएको छ ।