एक्कै दिनमा ३८ वटा योजनाको सम्झौता

फोटो क्याप्सन अभिमुखीकरण कार्यक्रममा योजनाको सम्झौता गर्दै उपभोक्ता कर्मचारी। तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकेट । यस आर्थिक वर्षमा भौतिक पुर्वाधारतर्फका ३८ वटा योजनाको एक्के दिनमा सम्झौता भएको छ । एक काम दुई पन्थको नीति अगाल्दै सामाजिक बिकास कार्यालय हुम्लाले विद्यालय ब्यवस्थापन समिति र स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारीलाई योजनाको कार्यान्वय सम्वन्धि अभिमुखीकरण कार्यक्रममा आए कै समय पारि ती सम्झौता गरेको हो ।

सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहका अनुसारकर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका यस आर्थिक वर्षमा निर्माण गर्नुपर्ने तीस लाख भन्दा कम बजेटका ३८ वटा योजनाको सम्झौता एक्के दिनमा गरिएको छ । योजना निर्माण समितिमा पनि तिनै मानिसको सहभागीता रहने भएको कारण योजना कार्यान्वयन बारे अभिमुखीकरण कार्यक्रम पनि भएको र योजनाको सम्झौता गर्ने कार्य पनि भएको हो ।

सम्झौताका लगि उनीहरुलाई पून बोलाउनु नपरोस भनेर नै यो उपाय अपनाईएको हो । यो आर्थिक वर्षमा निर्माण गर्नु पर्ने सवै ४८ वटै योजनाको सम्झौता एक्कै दिनमा गर्ने लक्ष्य रहेको भएपनि प्राविधिक कारणले दश वटा योजनाका समितिहरु आउन नसकेको र अब उनीहरुलाई पनि चाँडै बोलाएर सम्झौता कार्य गरिने छ । समय मै काम सम्पन्न गर्न र असारमा कामको चाप कम गर्न कार्यालयले यसो गरेको हो ।

ती ३८ वटा योजनाको कार्यान्वयन चरणमा गई सकेको कारण समय मै निर्माण कार्य सम्पन्न हुने बिस्वास कार्यालयले गरेको छ । ती अधिकाँस योजनाको विद्यालय भवन र स्वास्थ्य चौकी भवनहरु रहेका छन ।

त्यसमा मानसरोवर बहुमुखी क्याम्पसलाई पनि एउटा पाँँच लाखकाको योजना रहेको छ । ती योजनाको सम्पन्न गर्ने मिति २०८३ साल जेठ १५ गतेसम्म राखिएको भएपनि ढिलोमा बैशाख महिनासम्म निर्माण कार्य सम्पन्न हुने छ । योजनाहरु जिल्लाका सात वटै गाउँपालिकाम परेका छन ।