सि.टा. समाचारदाता
सिमकोट । गाउँगाउँमा निशुल्क स्वस्थ्य शिबिर सञ्चाल गर्दै आएको हेल्थ अस मेडिकल सेन्टरले आगामी दिनमा सञ्चाल गर्ने यस्ता शिबिरलाई अझै सुधार गर्ने भएको छ । गत भदौ २७ र २८ गते सञ्चाल गरेको शिबिरको समिक्षा गर्दै सेन्टरले यस्तो प्रतिबद्धता जनाएको हो ।
बुधबार सम्पन्न भएको स्वास्थ्य शिबिरको समिक्षा कार्यक्रम उठेका जिज्ञासाको जवाफ दिदै सेन्टरका प्रमुख नारायण फडेराले आगामी दिनमा अझै सुधार गरेर शिबिर सञ्चालन गर्ने जानकारी दिए । निशुल्क स्वस्थ्य शिबिर सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकीमा २७ गते र ८ को डाडाफया स्वास्थ्य चौकीमा २८ गते सञ्चाालन भएको थियो । शिबिरमा ३६१ जना बिरामी लावान्भित भएका थिए ।
ग्रामीण स्तरमा शिबिर सञ्चालन गर्दा उक्त क्षेत्रका स्वास्थ्य संस्थासंग समन्वय गरेर शिबिरमा उपचार र औषधीको ब्यवस्था गर्नु पर्ने सुझाव स्वास्थ्य संस्था प्रमुख एवं चिकीत्सकहरुले सुझाव दिएका थिए । त्यसैगरि शिबिरलाई बिशेषज्ञ सेवा सहित एकिकृत हुने पर्ने पनि सुझाव आएको थियो ।
शिबिरमा चिकीत्सकहरु मंगला बुढा, बिरेन्द्र बहादुर शाही, छक्क थापा, स्वास्थ्यकर्मीहरु नर भण्डारी र सन्तोस बोहराको उपस्थितीमा बिरामीको उपचार भएको थियो । शिबिरको सम्पुर्ण रुपमा आार्थिक ब्ययभार सेन्टरले बेहोरेको थियो । समिक्षा कार्यक्रम सेन्टरका सल्लाहकार समितिका सदस्य र कर्मचारीको पनि उपस्थिती रहेको थियो ।
























