स्वास्थ्य संस्थामा औषधी अभाव हुदा बिरामी मर्कामा

फोटो क्याप्सन औषधी अभाव भएपनि खाली रहेका स्वास्थ्य संस्थाको भण्डारण कक्ष । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । गाउँपालिकाले यस आर्थिक वर्षका लागि नयाँ औषधीको ब्यवस्था नगर्दा स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको बिरामीले चेकजाँचपछि खाली हत फर्कनु पर्ने अबस्था आएको हो ।

छारे रोगबाट पिडित सिमकोट गाउँपालिका – ७ को डाँँडाफया गाउँका नवराज सिंहले स्वास्थ्य चौकीका औषधी नभएको कारण प्रयोग गर्न नपाएको बताए । उनले पन्द्र दिनदेखि औषधी सेवन गर्न छुटेको बताउदै आफ्नो स्वास्थ्यमा समस्या आई रहेको बतए । दैनिक एक पटक स्वास्थ्य चौकीमा पुगेर औषधी आएको बारे बुझ्न जाने गरेको भएपनि छैन भन्ने जवाफ मात्र आउने गरेको उनको भनाई रहेको छ । यो समस्या सोही गाउँका अर्का छारे रोगका बिरामी लोकेन्द्र सिंहले पनि भोगी रहृेका छन् ।
गत असारदेखि स्वास्थ्य चौकीमा औषधीको अभाव भई रहेको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराले बताए । उनले एकातिर स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधीहरु निशुल्क उपलब्ध हुने ब्यवस्था भएपनि आफ्नो डाँडाफया स्वास्थ्य चौकी ३५ देखि ४० प्रकारका औषधी मात्र वर्षेनी आउने गरेको र बाँकी औषधी बिरामीले अन्यत्रबाट ब्यवस्था गर्ने गरेको बताए । त्यसैगरि हाल स्वास्थ्य चौकीमा व्रोफिन, एसी लग, डिपो लगाएत परिवार नियोजनका अन्य औषधी पनि अभाव रहेको उहाँँले बताउनुभयो । यता ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर भण्डारीले दुई महिनादेखि औषधीको अभाव भई रहेको बताउदै बिरामी उपचारकाा लागि आए रित्तो हात फर्काउनुको बिकल्प भएको बताए ।

आईरन , जिउदुख्ने, सिटिजृेट, चिलाउने लगाएतका रोगको औषधी स्वास्थ्य चौकीमा नभएपनि समस्या भई रहेको भनाई उनको छ । उहाँले त्यसैगरि प्रत्येक दुई महिनामा गर्नु पर्ने अल्ट्रासाउण्ड पनि नभएको बताउदै यो ब्यवस्था गाउँपालिका गर्नु पर्ने भएपनि गर्न नसकेको उनले बताए । गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, तीन वटा सामुदायीक स्वास्थ्य इकाई र पाँच वटा आधारभूत सामुदायीक स्वास्थ्य केन्द्र रहेका छन ।

यी मध्य स्याँडा र र चौगानफया आधारभूत सामुदायीक स्वास्थ्य केन्द्रमा आधार बिकास नेपाल तथा बरगाउँ स्वास्थ्य चौकीमा नेपाल ट्रष्टले औषधी सहयोग गर्ने भएको कारण केही कम अभाव भएपनि अन्य नौ वटा स्वास्थ्य संस्थाहरुमा भने बढी औषधीको बढी अभाव रहेको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले यस आर्थिक वर्षका लागि औषधी खरिदको ब्यवस्था गर्न नसकिएको कारण स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको बताए । मन्त्रालयले नयाँँ खटाएको प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा आई नसकेको कारण खाता समेत सञ्चालनमा नआएकोले पनि समस्या भई रहेको उनको भनाई छ ।