सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा सहुलियत पसलबाट एकासी लाख भन्दा बढी मुल्यको खाद्यान्न बिक्री बितरण भएको छ । दशैँ , तिहार र छड पर्व लक्षित गरेर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको निर्णय अनुसार सिमकोट शाखाबाट सो खाद्यान्न बिक्री बितरण गरिएको हो ।
लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार हालसम्म सहुलियत पसलबाट ८१ लाख ४३ हजार २५२ रुपियाँ मुल्यको खाद्यान्न बिक्री भएको छ । यसमा डिपो र याल्वाङ बिक्री केन्द्य्रको खाद्यान्न बिक्रीको मूलय जोडिएको छैन । गत भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो ।
हालसम्म एक हजार ५७ दशमलव २४ क्वीन्टल चामल बिक्री भएको छ भने दुई हजार केजी चिनी र २४६ लिटर तेल बिक्री गरिएको छ । खाद्यान्न बिक्रीमा शाखासंग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहाना अनुसार सबै खाले चामल बिक्री भई रहेको छ । शाखाको गोदामा सात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेकोमा त्यसैबाट हाल सहुलियत मुल्यमा बिक्री बितरण भएको हो ।
उपभोक्ताको आबश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको छ । बिगतमा जस्तो तोकिएको खाद्यान्न बिक्री गर्नु परेको छैन । त्यसैगरि अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट सहुलियत पसलका लागि पाँच सय क्वीन्टल चामल कोटा रहेको सो बिक्री भई रहेको छ । पचास क्वीन्टल चिनी र एक हजार लिटर तेल पनि श्रीनगर डिपोबाट सहुलियत पसलबाट बिक्री भई रहेको छ ।
यता बिक्री केन्द्र याल्वाङबाट पनि सहुलियत पसलबाट खाद्यान्न बिक्री कार्य भई रहेको छ । याल्वाङ बिक्री केन्द्रका लागि एक सय क्वीन्टल खाद्यान्न मात्र बिक्री भएको शाखाले जनाएको छ । अब खाद्यान्न बिक्रीका लागि जनशक्तिको ब्यवस्था गरेर सर्केगार्ड गाउँपालिकाको डिपो कार्यालय सर्केगार्डबाट पनि सहुलियत पसलबाट खाद्यान्न बिक्री गरिएको शाखाले जनाएको छ । लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो ।















