सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशमा आज अर्थात सोमवार सार्वजनिक बिदा हुने भएको छ । कोजाग्रत पुर्णिमाका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार आज बिदा हुने भएको हो ।
असोज २० गते बडा दशैको कोजाग्रत पुर्णिमाको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा रहेको कर्णाली प्रदेशका निमित्त प्रदेश सचिव राजेन्द्र बहादुर रावतले एक सुचना सार्वजनिक गरेका छन ।
यो बिदा प्रदेशभरका सवै सरकारी कार्यालय तथा साार्वजनिक संघसंस्थाहरुम लागु हुनेछ । यो बिदाको निर्णय कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदमा २०८१ साल चैत १७ गते निर्णय गरिएको थियो ।
























