जेनजी आन्दोलनमा निस्केका हुम्लाका लामा २९ दिनदेखि बेपत्ता

फोटो क्याप्सन बेपत्ता भएका लामा । तस्बिरः फाईल फोटो

सि.टा. समाचारदाता
सिमकोट । जेनजी आन्दोलनमा निस्केका हुम्लाका एक जना युवा हालसम्म बेपत्ता भएका छन । जिल्ला नाम्खा गाउँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौको तीनचुलीमा वस्दै आएका थुक्तेन पाल्वर लामा उनानतीस दिनदेखि बेपत्ता हुदै आएका हुन ।

२४ वर्षका लामा नारायणथान गुम्वामा लामा ज्ञानको अध्ययन सकाएर काठमाडैंमा भतिजासंगै कोठा लिएर तीनचुलीमा बस्दै आएको हाल गाउँमै रहेका उहनका बुवा टैछिरिङ लामाले बताए । बुवा लामाका अनुसार २३ गतेको आन्दोलनमा सहभागी भएर छोरा सकुशल कोठा फिर्ता भएका थिए । होटेलमा काम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउसो दुई वजे कोठा आएर आन्दोलनमा निस्केका थिए ।

बेपत्ता लामा आफ्नै भतिजोसंग बस्दै आएका थिए । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता भएका हुन । जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरि दिन बुवा लामाले आग्रह गरेका छन ।उनले अव सास पाउने संभावना छैन लास भए पनि पाउन पाए हुने बताए । उनका दुई छोरा मध्य बेपत्ता भएको कान्छा छोरा हुन ।

हुम्लाको युवा जेनजी आन्दोलनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सुचना निकालेर खोजी गरेका छन् । समाजकातर्फबाट गत केही दिन अगाडी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको भए पनि हालसम्म कुनै पत्ता नलागेको अध्यक्ष लामाले छ । तर कुनै पत्ता लाग्ने छाँटकाट देखिएको छैन ।

उनका अनुसार बेपत्ता लामा केही बिद्रोही स्वभावका थिए । बौद्ध भाटभटेनीमा जलेर खरानी भएको लाम मध्य लामा रहेको हुन सक्ने आशंका उनलाई छ । हुम्ला प्रहरीलाई पनि खेजीका लागि निवेदन दिने कार्य भई सकेको छ । बेपता लामाको बारेमा जिल्ला प्हरी कार्यालय हुम्ला र काठमाडौं प्रहरीलाई पनि जानकारी गरिएको छ । उक्त आन्दोलनमा हुम्ला जिल्लाले पनि मानवीय क्षेती बेहोर्नु परेको छ । सिमकोट गाउपालिकाको एम्बुलेस सुर्खेतमा २४ गते नै आगजनी गरिएको थियो ।