लोग भण्डारी
सिमकोट । यस पटकको बडा दसैँमा हिमाली जिल्ला हुम्लामा साँढे बाह्र करोड भन्दा बढीको खसी बोका र भेडाको ब्यापार भएको छ । हिन्दु धर्मालम्बीहरुको धार्मिक मान्यता अनुसार घरघरमा खसीको बली दिनै पर्ने भएपछि घरधुरी संङ्ख्या कर्म भएको जिल्ला भएपनि यति धेरै धनराशीको खसीको ब्यापार भएको हो ।
दसैँमाा खसीको ब्यापार गर्नु भएका ब्यापारी कालीबहादुर सुनारले गत वर्षको तुलनामा यसवर्ष बढी ब्यापार भएको बताए । चार सय भन्दा बढी खसी दसैँमा बिक्री गरेक सुनारले मुल्य पनि आकाशिसएको बताए । गतवर्ष रोजेको खसीको मुल्य पैतीस हजार थियो भने यो वर्ष चालीस हजार पुगेको भनाई उनको छ । उनले घटस्थापनायता एक करोड १९ लाख ५६ हजारको खसीको ब्यापार गरेको बताए ।
त्यसैगरि अर्का खसी ब्यापारी धनजित भण्डारीले पनि महङ्गो भएपनि खसीको ब्यापार बृद्धि भएको बताए । ३३५ वटा खसी बिक्री उहाँले गर्नु भएको थियो । दसै ठुलो चाडपर्व भएको र घरघरमा खसीको बली दिनै पर्ने भएको कारण पनि ऋनै मै लिएर भएपनि खसीको बली दिनु पर्ने सामाजिक मान्यताले गर्दा खसीको ब्यापार बृद्धि भएको उनको भनाई छ ।
यसपाली दशैमा करिब साँढे चार हजार घरधुरीले खसीको बली दिएको पाईएको हो । दसैँमा खसीको मुल्य पच्चीसदेखि चालीस हजार रुपियाँमा बित्रली भएका थिए । यसबाट बाह्र करोड साठी लाखको खसीको ब्यापार दशैका भएको देखिने गरेको छ । हुम्ला जिल्लामा एघार हजार २२८ घरधुरी रहेका छन । यसमा पच्चीस प्रतिशत घरधुरी बौद्ध धर्मालम्बीहरु हुन । उनीहरुले दसैँ मान्छन ।























