सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । हिमज्योति बहुमुखी क्याप्सन स्वतन्त्र बिधार्थी युनियनको आयोजानामा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
बडा दशै तथा तिहारको अवसरमा हिमज्योति स्ववियु कप भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको उक्त क्याम्पसका स्ववियु सभापति जयराज सन्ज्यालले जानकारी दिए । उक्त प्रतियोगिता जिल्ला स्तरीय हो । प्रतियोगिता असोज २६ गतेदेखि ३० गतेसम्म सञ्चाल हुनेछ ।
प्रतियोगिताका बिजेता टिमले एक लाख ११ हजार १११ रुपियाँ नगद र ट्रफी प्राप्त गर्नेछन भने द्धितीया हुने टिमले ५५ हजार ५५५ रुपियाँ प्राप्त गर्नेछन । त्यसैगरि प्रतियोगिताका तृतीया हुने टिमले २२ हजार २२२ रुपियाँ नगद प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिता जनाउन दश हजार रुपियाँ प्रवेश शुल्क आयोजकले तोकेको छ ।















