लोग भण्डारी
सिमकोट । कर्णाली प्रदेशका दश वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरु मध्य हुम्ला जिल्लाको स्वास्थ्य सेवा कार्यालय उत्कृष्ट ठहरिएको छ । प्रदेश स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य सेवा कार्यालय हुम्ला उत्कृष्ट भएको हो ।
भौगोलिक रुपमा विकट मानिएको स्वास्थ्य सेवा कार्यालय हुम्ला कर्णाली प्रदेशका दशवटा जिल्लाको उत्कृष्ट ठहरिएको कार्यालय प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए । आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य सेवादेखि कार्यालयको कार्य सम्पादनमा राम्रो गरेको हुँदा प्रदेश स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मुल्याङ्कन गर्दा कार्यालय उत्कृष्ट भएको हो ।
भौलोगिक हिसावले विटक जिल्ला भएपनि स्वास्थ्य क्षेत्रको उत्कृष्ट व्यवस्थापन, प्रभावकारी सेवा वितरण र समर्पित टोलीको निरन्तर प्रयासको प्रतिफलका रूपमा लिइएको उहाँले बताउनुभयो । जिल्लाको कठिन भौगोलिक अवस्था, सिमित स्रोत–साधनका बिच गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य सेवा कार्यालय सफल भएको हुँदा प्रदेशकै उत्कृष्ट भएको चिकीत्कस तिवाारीले बताए ।
यो सम्मानले काम गर्न थप ऊर्जा, हौसला र जिम्मेवारीको अनुभूति गराएको उनले बताए । आगामी दिनहरूमा अझ सशक्त रूपमा जनताको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता जनाउदै यो सम्मान हाम्रा हरेक सहकर्मीको पसिना, समर्पण र जनताप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए । बिकट बस्तीहरुमा अहोरात्र खटिएर जिल्लाबासीहरुको स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीले केवल सम्मान मात्र नजिती यसले प्रत्येक बिरामीको अनुहारमा मुस्कान, प्रत्येक बस्तीमा आशा र विश्वासको उज्यालो फैलाउनुमा सहयोग पुग्ने बिस्वास उनको छ ।
यो कार्य हुम्ला जिल्लाका लागि इतिहाँस भएको उनको भनाई छ । उत्कृष्ट छनौटका लागि उपचारत्मक सेवा र प्रर्बधनात्मक सेवालाई आधार मानेर सुचक निर्धारण गरि दश वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालय, प्रदेश अस्पताल कालागाउँ र मेहलकुना अस्पताल अस्पतालले प्रदान गर्ने सेवाका बारेमा गरिएको प्रस्तुतीलाई मुल्याङ्कन गरि उत्कृष्ट एउटालाई छनौट गरिएको हो ।























