सि.टा.समाचारदाता
सिमकोट । पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । स्थानीय बजारमा तीन दिनको अवधिमा सुनको मूल्य तोलामा १६ हजार पाँच सय रुपियाँले घटेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य घटेर मङ्गलबार दुई लाख ३७ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुनको मूल्य प्रतिऔँस तीन हजार ९७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यसअघि प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको थियो आइतबार एकै दिनमा तोलामा ११ हजार छ सय रुपियाँले घटेको सुनको मूल्य सोमबार र मङ्गलबार तोलामा दुई हजार नौ सय रुपियाँका दरले घटेको महासङ्घले जनाएको छ । यसअघि असोज ३१ मा दुई लाख ५८ हजार पुगेको थियो । त्यसपछि सुनको मूल्य क्रमिक रूपमा घट्दै गएको छ ।
पछिल्लो समय विभिन्न मुलुकमा भएको युद्धविरामसँगै सुनको मूल्य निरन्तर घट्न थालेको हो । महाका अनुसाार ठुलामा देशमा भइरहेको व्यापार युद्ध रोकिने देखिएकाले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्य घट्न थालेको हो । अमेरिकामा सेयर बजार बढ्दै गएकाले पनि लगानीकर्ता अन्य क्षेत्रमा आकर्षित हुन थालेकाले सुनको मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
आगामी दिनमा पनि सुनको मूल्य घट्ने देखिएको हो सुनको मूल्य घट्दै गए पनि स्थानीय बजारमा भने कारोबार बढ्न सकेको छैन । यस्तै चाँदीको मूल्यसमेत निरन्तर घट्दै गएको छ । गत शुक्रबार तीन हजार २८० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तीन दिनमा तोलामा ३६० रुपियाँले घटेको महासङ्घले जनाएको छ




















