अध्यक्ष कप प्रतियोगिता कातिक २२ गतेबाट हुने

फोटो क्याप्सन सिमकोट गाउँपालिकाको कार्यालय । तस्बीर : सि.टा

सि.टा. समाचारदाता
हुम्ला । गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता कात्तिक २२ गतेबाट हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुँने भएपछि सिमकोट गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्न लागिएको हो । गाउँपालिका स्तरीय पहिलो अध्यक्ष कप प्रतियोगिता सञ्चालनको तयारी गरिएको सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए ।

यसका लागि गाउँपालिकाका सात वटै माध्यामिक विद्यालयलाई परिपत्र गरिएको र सबै माध्यामिक विद्यालयले सहभागिता जनाउने जानकारी आएको उनले बताए । ट्राक, फिल्ड र भलिबल गरि तेह्र वटा खेलहरु हुनेछन । ती सवै खेलमा छात्रा र छात्रबिच छुट्टा छुट्टै प्रतियोगिता हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछन । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ भने आयोजना रामदेव माविले गर्नेछ ।