सि.टा समाचारदाता
सिमकोट । प्रहरीले ठुलो परिणाममा अबैध चिनीयाँ मदिरा बरामद गरेको छ । नाम्खा गाउँँपालिका– ३ को लामा खोल्सीको एउटा घरको गोठमा लुकाई राखेको अवस्थामा सो मदिरा प्रहरीले बरामद गरेको हो । चौबीस लाख बाह्र हजार मुल्य बराबरको चिनीयाँ मदिरा बरामद गर्न सुरक्षाकर्मी सफल भएको प्रहरी नायव उपरिक्षक शंकर पोखेरलले बताए ।

नाँम्खा गाउँपालिका – ३ को लामा खोलीका स्थानीय गेला लामाको घरको गोठमा लुकाई राखेको अबस्थामा प्रहरीले सो मदिरा बरामद गरेको हो । प्रहरीले सुराकीका अधारमा सो मदिरा बरामद गरेको हो ।
गोठमा लुकाई राखेका मदिरा १३४ बोरामा ४०२ कार्टुन रहेका थिए । ती कार्टुनमा चार हजार ८२४ बोटल मदिरा रहेको छ । बजारमा यसको मुल्य प्रति बोटल पाँँच सय रुपियाँ पर्न आउछ । मदिरा शुत्रबार राती अठ बजे प्रहरीले बरामद गर्न सफल भएको थियो ।
यसअघि दिउसो पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली घर मालिक नआई पुगेको कारण बाह्र घण्टासम्म मदिरा भएको घरलाई घेरा हालेर बस्नु परेको थियो । शुक्रबार साँँझ प्रहरी उपरिक्षक पोखरेलको टोली मदिरा भएको गाउँमा पुगेको थियो । सो मदिरा ब्यापारी ईलुङ लामा रहेको प्रहरीले जनाएको छ ।
मदिरा बरामद गर्ने कार्यमा राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँँडेल, प्रहरी निरीक्षक बिष्णुबहादुर श्रेष्ठको सहभागिता रहेको थियो । राती भएको कारण सडक असजिलोले गर्दा मदिरा सुरक्षाकर्मीको निगराानीमा सो घरमा राखिएको र शनिबार मात्र सिमकोट ल्याईने छ । एक हप्ता अगाडी मात्र सोही गाउँपलिका– २ को केर्मीबाट पनि प्रहरीले बीस लाख मुल्य बराबरको मदिरा बरामद गरेको थियो ।























