अध्यक्ष कपमा दश वटा इभेन्ट सम्पन्न हुँदा बालमन्दिर मावि पहिलाे

फोटो क्याप्सन बिजेत खेलाडीहरु घोषणा गरिदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिताका छात्रा र छात्र गरि दश वटा इभेन्ट सम्पन्न हुदा बालमन्दिर मावि पहिलो भएको छ । प्रतियोगिताको दोस्रो दिनसम्म यी प्रतिश्प्रर्धाहरु सम्पन्न भएका हुन ।

हालसम्म सम्पन्न भएका छात्रा र छात्र गरि दश वटा प्रतिश्प्रर्धाहरु सम्पन्न हुँदा बालमन्दिर सात वटामा पहिलो स्थान भएर पहिलो भएको छ । सम्पन्न भएका प्रतिश्प्रर्धाहरुमा एक सय मिटर दौडमा छात्रा र छात्रमा बालमन्दिर पहिलो भएको छ भने छात्रामा सैपाल हिमल माविर छात्रमा मानसरोवर मवि द्धितीय स्थान भएका छन भने तृतीयमा छात्रातर्फ बालमन्दिर छात्रा तर्फ कर्णा मावि भएका छन ।

त्यसैगरि सम्पन्न भएका अन्य खेलहरुमा आठ सय मिटर दौडमा छात्रातर्फ प्रथम कैलाश, द्धितीया मानसरोवर र तृतीय कैलाश भएका छन भने छात्रतर्फ बालमन्दिर पहिलो, मानसरोवर द्धितीया र बालमन्दिर तृतीया भएका छन । यता सटफुटतर्फ छात्रातर्फ प्रथम कर्णाली पहिलो, द्धितीया रामदेव र रलिङ तृतीया भएका छन भने छात्रतर्फ पहिलो र दोस्रोमा मानसरोवर र तृतीयमा बालमन्दिर भएका छन ।

त्यस्तै लमजङतर्फ छात्रामा पहिलो बालमन्दिर द्धितीया सैपाल हिमाल र तृतीया रामदेव भएका छन । छात्रातफै पहिलो र दोस्रोमा बालमन्दिर र तेस्रोमा मानसरोवर मावि भएका छन । त्यसैगरि त्रिपलजममा छात्रातर्फ बालमन्दिर पहिलो, मानसरोवर दोस्रो र तृतीया कर्णाली मावि भएका छन भने छात्रतर्फ बालमन्दिर पहिलो र दोस्रो भएको छ भने तृतीया मानसरोवर भएको छ ।

ट्राक, फिल्ड र भलिबल गरि तेह्र वटा खेलहरु हुनेछन । यी सवै प्रतियोगितामा सहभागी सवै माविले प्रतिश्प्रर्धा गर्नेछन । प्रतियोगिता आजबाट २९ गतेसम्म सञ्चालन हुनेछन । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने आयोजना रामदेव माविले गरेको छ ।