हुम्लामा थपिए नयाँ ९७५ मतदाता

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नयाँ ९७५ मतदाताहरु थपिएका छन । पछिल्लो समय मतदाता नामावली दर्ताको लागि खुलेको समययता सो मतदाताहरु थपिएका हुन ।
जिल्लाा निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले असोज ९ गते अगाडी र त्यसपछि गरि मतदाता नामावली दर्ता गर्ने कार्य सुरु भएकोमा कात्तिक १५ गतेसम्म ९७५ मतदाता थपिएको बताए ।

यसमा अधिकाँस युवाहरुले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउनु भएको छ । २०७९ को निर्बाचनमा हुम्ला जिल्लाको मतदाता संख्या ३२ हजार ३३३ थियो । हाल थपिएको सहित जम्मा मतदाता संख्या ३३ हजार ३०८ पुगेको छ । हाल नयाँ नाम दर्ता गराउनेमा एक जना ७४ वर्षको बृद्धा देखिएको र अन्य सवै १८ देखि तीस वर्ष आसपासका युवाहरु रहेका छन् ।

यसअघि नाम दर्ताका लागि यस किसिमको युवाहरुले चासो लिएको नपाइएको भएपनि अहिले भने चासो बढेकोमा उनले पनि खुसी ब्यक्त गरे । हाल पनि बिदाको दिन बाहेक दैनिक चार पाँच जना मतदाता कार्यालयमा आएर मतदाता नामावलीमा नाम र्दाा गरााउने कार्य गरि रहेका छन् ।

कातिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गराउन पाउने ब्यवस्था निर्वाचन आयोग गरेको छ । यो अबधिमा केही मतदाता बढ्ने अपेक्क्षा कार्यालयले लिएको छ । त्यसमा अन्य जिल्लामा इन्ट्री भएकहरुको पनि बिबरण कार्यालयमा उपलब्ध हुनेछ । त्यसपछि मात्रै जिल्लाको मतदाता संख्या एकिन हुनेछ