अध्यक्ष कप बाल मन्दिर मााविलाई

फोटो क्याप्सन बाल मन्दिर माविका खेलाडीहरु बिजेता भएपछि कपसंग रमाउदै । तस्बिर ः सि.टा.

सि.टा.सचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिताकाो उपााधी बाल मन्दिर माविले हात पारेको छ । सात वटा विद्यालयबिच भएको प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण पदक जितेर बाल मन्दिर माविले उपाधी जितेको हो ।

छात्र र छात्रा गरि छब्बीस वटा ईभेन्टका लागि भएको प्रतिश्प्रर्धामा बालमन्दिर माविले सत्र वटा ईभेन्टमा पहिलो भएर स्वर्ण पदक प्राप्त गरि पहिलो भएको हो । त्यसैगरि चार स्वर्ण सहित मानसरोवर मावि द्धितीया स्थान हुन सफल भएको छ भने तीन स्वर्ण सहित कर्णाली मावि तृतीया र दुई स्वर्ण सहित कैलाश मावि सान्त्वना स्थान हुन सफल भएको छ । प्रतियोगिताको बिजेता बाल मन्दिर मााविले कप र नगद पुरस्कार प्राप्त गरे छ ।

त्यसैगरि भविबल प्रतियोगितामा छात्रा तथा छात्र दुवैतर्फ कर्णाली मावि पहिलो स्थान भएर प्रतियोगिताको भलिबलतर्फकाो कप प्राप्त गर्न सफल भएको छ । ट्राक, फिल्ड र भलिबल गरि तेह्र तेह्र वटा खेलहरु छात्राा र छात्रतर्फ भएका थिए ।

यी सवै प्रतियोगितामा सहभागी सात माविले प्रतिश्प्रर्धा गरेका थिए । प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने भनिएको भएपनि दुई दिन अगााडी नै सम्पन्न भएको थियो । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने आयोजना रामदेव माविले गरेको थियो ।