सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको पुरानो परम्परागत रुपमा गरिने पुँजा गरिएको छ । लिमीका तीन बस्तीमा बस्दै आएका मानिसक बसाईसराई गर्ने क्रम बढ्न थालेपछि पुँजाको आयोजना गरिएको हो ।
लिमीको हल्जी गाउँको एक हजार २७० वर्ष पुरानो गुम्बामा सोही गाउँका स्थानीय कुन्छिरिङ लामाले पुँजाको आयोजना गरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका तिनै गाउँहरु तील, हल्जी र जाङमा मानिसहरु बस्नै छोडेपछि उहाँँहरु सवैलाई गाउँ फर्कनका लागि लामाको उपस्थितीमा पुँजा आयोजना गरिएको हो ।
हल्जी गाउँको गुम्बाको पुजा गर्दा स्थानीयले डर मान्ने र बाहिर बस्दै आएकाहरु गाउँ फर्कने बिस्वास उनले ब्यक्त गरे । सो पुँजामा लिमीबाट काठमाडौं बसाई सरेका लिमी फर्किएका थिए । यस्तो पसजा धेरै पहिलो गाउँ घरको चाल चलन लागु गर्न गरिएको थियो ।
हाल लिमीका गाउँ मानिस बिहीन हुनु परेपछि फर्कनका लागि यो पुँजा गरिएको होे । पुँजाका साथै तीन दिन लगातार लिमीका सवै स्थानीय एक्कै स्थानमा जम्मा भएर खानाको ब्यवस्था पनि कुन्छिरिङ लामाले गर्नु भएको थियो ।




















