हुम्ला जिल्लाकाे सर्केगार्डमा  4G सेवा सञ्चालन

सि.टा समचारदाता
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा 4G सेवा एक सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिकामा निर्माण गरिएका 4G सेवा : (MWDR -450 छ्यागी, MWDR-734 गुसा MWDR -306 जैर ) तिन वटा टावर एकै साथ सञ्चालनमा आएका हुन् ।

निकै लामो समयपछि नेपाल टेलिकमको 4G सेवा सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष रोकायाले बताएका छन् । छ्याँगी गाउँमा राखीएको फो जी टावरले खार्पुनाथ गाउँपालिका वडा नं १ को गोप्का, लाली, सर्केगाड गाउँपालिका वडा नं १ जैरमा राखिएको टावरले मुगुका केही गाउँपालिकामा समेत फोजी सेवाले काम गरेको अध्यक्ष रोकायाले बताए ।

यो सँगै हुम्लाका अधिकांश स्थानहरुमा 4G सेवा संचालनमा आएको छ । हुम्लामा इन्टरनेटले काम नगर्दा गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीयहरुलाई सेवा प्रवाह गर्न कठिनाई भईरहेको थियो ।