आगलागी पिडितका लागि राहत सङ्कलन

फोटो क्याप्सन सकंलित रकम पिडितका आफन्तलाई हस्तान्तरण गरिदै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिका– ४ को माझा आगलागी पिडितका लागि राहत सङकलन  गरिएको छ । आगलागी भएको एक हप्ता पछि पिडित पक्ष र सञ्चारकर्मीहरुको टोलीले सरदुमुकाम सिमकोटमा सो राहत संङ्कलन गरिएको हो ।

दुःखी रहेको घाउमा मलम पट्टी लगाउन र आगलागी पिडित थोरै भएपनि राहतको महशुस गराउन राहत संकलन गर्ने कार्य भएको आदिवासी जनजाति पत्रकार महसंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले बताए न । आगलागी भएको एक हप्ता पुग्दा पनि कँही कतैबाट सहयोग जुटाउन कार्य नभएको पाईए पछि सञ्चारकर्मीको अगुवाईमा राहत सङ्कलन कार्यमा लागेको हो ।

एक दिन राहत संङ्कलन गर्दा ९७ हजार तीन सय रुपियाँ सङ्कलन भएको र सो संङ्कलित राहत रकम आगलागी पिडित शोभन रावतलाई हस्तान्तरण गरिएको थियो । गत कात्तिक २६ गते खार्पुनाथ गाउँपालिका– ४ को मााझा गाउँमा रावतको घरमा आगलगी भएका पुर्ण रुपमा घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट साँढे सात लाख नगद, अन्य जिन्सी सामान जलेर नष्ट भएको थियो भने अर्का स्थानीय कमल रावतको घरमा पनि आगलागीले क्षेती पुर्याएको थियो । हाल आगलागी पिडित आफन्तको घरको गोठमा बस्न बाध्य हुँदै आउनु भएको छ । यसअघि स्थानीय ब्यापारले खाद्यान्न र कपडा सहयोग गरेका थिए ।