सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा सञ्चालन भएको मैत्री पुर्ण फुटसल प्रतियोगितामा निर्माण ब्यवसायीको टिम बिजेता भएको छ । उक्त टिमले कर्णाली करिडोरका कर्मचारीको टिमलाई पराजित गर्दै बिजेता भएको हो ।
हाईअल्टिच्यूड फुटसल कोडमा सञ्चालन भएको उक्त प्रतियोगितामा निर्माण ब्यवसायीले तीनक बिरुद्ध छ गोल गरेर बिजेता भएको थियो । बिजेता टिममा हुम्ला निर्माण ब्यवसायी र कर्णाली करिडोर टिममा हिल्सा सिमकोट सडक योजना र उक्त करिडोरको बाजुराका कर्मचारीहरु खेलाडीका रुपमा मैदानमा उत्रिएका थिए । करिडोरका कर्मचारीको नेतृत्व करिडोरको कोल्टी कार्यालयका प्रमुख बिसुनदास लामले नेतृत्व गरेका थिए ।























