सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा स्थापना भएको हेल्थ अस मेडिकल सेन्टरले यस वर्ष तेस्रो निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । ब्यापारसंगै समाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको सेन्टरले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गरेको हो ।
तीन दिन अगाडी सेन्टरको सञ्चालक समितिको बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय गरेको सेन्टरका प्रमुख नारायण फडेराले जानकारी दिए । शिबिर मंसीर २६ र २७ गते हुने छ । यो शिबिर खार्पुनाथ गाउँपलिका स्तरीय हुने छ । यसका लागि जिल्ला अस्पतालबाट दुई जना चिकीत्कस र अर्का एक जना खार्पुनाथ सामुदयीक अस्पताालका चिकीत्सक र स्वास्थ्यकर्मीहरुबाट उपचार हुने छ ।
यो शिबिर सामान्य चेकजाज हुनेछ । यसमा स्त्री रोग, बाल रोग, भिडियादो एक्स रे लगाएतका रोगको उपचार हुनेछ । शिबिरमा आवश्यक औषधी निशुल्क बितरणा गरिने छ । यसअघि सिमकोट गाउपालिका–१ र २ तथा खार्पुनाथ गाउँँपालिका ५ को ताक्लाबाम्टालाई लक्षित गरि दुई दिने शिबिर गत जेठमा सञ्चाल भएको थियो भने सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा दुई दिने शिबिर सञ्चाल गरिएके थियो । यी शिबिरका लागि सेन्टरका फााउण्डर खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँँ निवासी ग्वामसिंह भण्डारीका छोरा चिकीत्सक हर्कसिंह भण्डारीले आर्थिक सहयोग गर्दै आाएका छन् ।















