सगरमाथा आरोही छत्याललाई हुम्लामा स्वागत

फोटो क्याप्सन सिमकोट बिमानस्थलमा सगरमथा आरोही छत्याललाई स्वागत गरेपछिको दृश्य । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । एक जना सगरमथाको सफल आरोहीलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले स्वागत गरेको छ । सोमबार सिमकोट बिमानस्थलमा महासंघका उपाध्यक्ष छपाल लामाको नेतृत्वमा उनको स्वागत गरिएको हो । हुम्ल जिल्ला सर्केगार्ड गार्डगाउँपालिका–७ को रोडिकोट निवासी दन्तबहादुर छत्याल महासंघले सिमकोट बिमानस्थलमा खदा लगाएर स्वागत गरेको छ ।

गत जेठ ४ बिहान नौ बजेर २० मिनेटको समयमा छत्यालले सगरमथाको सफल आरोहण गरेका थिए । सगरमथा आरोहण गरेपछि पहिलो पटक गृह जिल्ला आएका उनलाई महासंघले स्वागत गरेको हो । अठार वर्ष अगाडी देखि सगरमथा आरोहण गर्ने योजना रहेको तर हाल आएर पुरा भएको आरोही छत्यालले बताए ।

हाल सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षकमा कार्यरत छत्याल प्रधान कार्यालय हलचोकमा कार्यरत रहेका छन । सशस्त्र प्रहरीको अठार वर्षे कार्य अनुभवमा सधै उद्धारका खटिदै आउदा उनलाई सगरमथा चढ्ना आकर्षित गरेको थियो । स्वागत कार्यक्रममा महासंघका पुर्व अध्यक्ष अर्जुन बोहरा, पुर्वउपाध्यक्ष राज शाही, सहसचिज भक्तराज ऐडीको उपस्थिती रहेको थियो ।