सि.टा समचारदाता
हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा महिला केन्द्रित नीति सम्बन्धी सरोकारवालासँग स्थानीय संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युएन वुमनको सहयोग तथा आदिवासी महिला सञ्जाल हुम्लाको आयोजनामा गरिएको हो ।
समाजिक मान्यता परिवर्तनमार्फत लैङ्गिकतामा आधारित हिंसा रोकथाम गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा महिला अधिकारसम्बन्धी विद्यमान कानुनी व्यवस्था, बिवेध, सामाजिक न्याय, समानता, जातीय छुवाछूत लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रमका सहजकर्ता तुन्डुप लामाले महिला केन्द्रित नीतिहरू, कानुनी प्रावधान तथा वर्तमान अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
सिमकोट गाउँपालिका उपप्रमुख शुसिला रोकायाले विगतको तुलनामा महिलाहरू सशक्त बन्दै गएको उल्लेख गर्दै अझै पनि समाजमा जातीय छुवाछुत र विभेद अवस्थित रहेकाले यसलाई हटाउन जनचेतना विस्तार महत्वपूर्ण हुने धारणा राखिन् ।
उपप्रमुख रोकायाको अध्यक्षत्वमा, परियोजनाबारे जानकारी सञ्चारकर्मी छपाल लामाले संचालन गरेका कार्यक्रममा आदिवासी महिला सञ्जाल हुम्लाका सदस्य तथा बालमन्दिर माविका शिक्षक छतुप लामाले कार्यक्रमकाे मुल उध्यस्य केहाे भन्ने बारे जानकारि दिदै जनजाति महिला र बालबालिकाको संवैधानिक अधिकारका बारेमा जानकारी गराउने, स्थानीय निकायबाट प्रदान गरिने सेवाहरूमा पहुँच सहज बच्चाउन मद्दत डेस्क सञ्चालन गर्न पहल गर्ने ।
महिला, जनजाति र बालबालिका विरुद्धको हिंसा रोक्न सम्बन्धित स्थानीय स्तरका न्यायिक निकायहरुलाई जवाफदेही बनाउने । न्याय प्रणालीमा पहुँच सुधार गर्न कानूनी ज्ञान बढाउँदै जनजाति, महिला र बालबालिकासँग सम्बन्धित मददाहरूको लागि स्थानीय न्यायिक कर्मीहरुलाई जवाफदेही बनाउने । अवसरमा सहभागी वक्ताहरूले महिला अधिकारका लागि सबै पक्षले एकजुट भई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।




















