कर्णालीका तीन जिल्लामा हिमाली उपचार पद्धती बारे अनुसन्धान सुरु

फोटो क्याप्सन जिल्लाको एक कार्यक्रममा सो बारे जानकारी दिदै सामाजिक बिकास मन्त्री भण्डारी । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका तीन जिल्लामा हिमाली उपचार पद्धती बारे प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले अनुसन्धान सुरु गरेको छ । जडिबुटीबाट पनि उपचार पद्धती हुने देखिएपछि सामाजिक बिकास मन्त्रालयले आफ्नै पहलको यो पद्धतीको अनुसन्धान सुरु गरेको हो ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा परम्परागत रुपमा उपचार हुँदै आएको हिमाली उपचार पद्धतीको अनुसन्धान सुरु भएको सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले बताए । यसका लागि साविक कर्णालीका डाोल्पा, मुगु र हुम्ला जिल्लामा बिज्ञ टेली खटिएको र हाल अध्ययन र अनुसन्धान भई रहेको उनले बताए ।

टोली हिमाली उपचार पद्धतीको खोजी र यससंग संलग्न ब्यक्तिको पहिचान गर्ने कार्य पनि गरि रहेको छ । परम्परागत हिमाली उपचार पद्धती अहिले पनि गाउँघरमा चल्दै आएको र यसलाई अव प्रदेश सरकारले पनि एउटा उपचार गर्ने पाटोको रुपमा लिन उनको भनाई छ ।

तीन जिल्लाका लागि तीन वटा बिज्ञ टोली बनाएर पठाउने कार्य भएको र टोलीले अध्ययन अगाडी बढाई रहेको छ । टोली तिनै जिल्लाको फरक फरक प्रतिबेदन र हिमाली उपचार पद्धतीको प्रतिबेदन पेश गर्ने छ । जडिबुटी र आम्ची उपचार पद्धतीले धेरै जना बिरामीको ज्यान अहिले पनि जोगाउने प्रयास भई रहेको र त्यसलाई औपचारिकता दिनका लागि पनि अनुसन्धान गर्नु परेको उनले बताए ।

अध्ययनबाट जडिबुटीको उपचारका साथै परम्परागत उपचार पद्धती गरि रहनु भएका ब्यक्तीहरुको पनि रोस्टर निर्माण गरिनेछ । तीनै जिल्लामा यसको अध्ययन भई सकेपछि कर्णाली प्रदेशस्तरमा यस क्षेत्रका स्थानीय ब्यक्तिहरुको सहभागिता रहने गरि सम्मेलन समेत गरिने मन्त्री भण्डारीले बताए ।