एमाले हुम्लामा दुई जना महाधिबेशन प्रतिनिधि निर्विरोध

फोटो क्याप्सन निर्विरोध रुपमा महाधिबेशन प्रतिनिधिमा छनौट हुनु भएका बोहरा र सुनार तस्बिर :सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लामा दुई जना एघारौ महाधिबेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । प्रतिनिधि छनौटका लागि शुक्रबार भएको उम्मेदवारी दर्तामा उहाँहरुको कोटामा एकल मनोनयन दर्ता भएपछि निर्विरोध चयन भएका हुन ।

यसरी निर्विरोध महाधिबेशन प्रतिनिधि चयन हुनेमा एमाले हुम्लाका सचिव तिर्थराज बोहरा चालीस वर्ष मुनिका युवाबाट र दलित कोटाबाट पर्वत सुनार निर्विरोध चयन भएको एमाले उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताए । अब तीन जना खुल्ला प्रतिनिधिका लागि छ जनाको उम्मेदवारी परेको छ ।

जसमा जिल्ला अध्यक्ष ज्ञामी बुमी, बिनोद बोहरा, लोकबहादुर हमाल, उपाध्यक्ष प्रकाशबहादुर शाही, पुर्ण प्रसाद ढकाल र नवराज महतारा रहनु भएको छ भने एक जना महिला प्रतिनिधिका लागि पनि छ जनाको उम्मेदवारी परेको छ । जसमा प्रतिमा रावल, मन्जु रावल, बिमला शाही, रुपा शाही, याङ्जु रोकाया र सौमती ऐडी रहनु भएको छ ।

शनिबार उम्मेदवारी फिर्ताको समय रहेको छ । त्यसमा एक जना महिला, एक जना दलित, एक जना चालीस वर्षमुनीको र तीन जना खुल्लाबाट छनौट हुनेछन् । प्रतिनिधि छनौटका लागि दुई हजार १७१ मतदाता रहनु भएको छ ।

प्रतिनिधिका लागि आकांक्षी बढी देखिएको कारण मतदानबाट टुङ्गाउने संभावना बढी रहेको एमाले जनाएको छ । यद्यपि १३ गते १ वजेसम्म सर्वसम्मत प्रतिनिधि चयनका लागि प्रयास भने जारी राख्ने एमाले हुम्लाका नेताहरुले बताएका छन् ।