एमाले महाधिबेशन प्रतिनिधि बाँकी चार जना पनि सर्वसम्मत चयन

फोटो क्याप्सन हुम्ला जिल्लाबाट एघारौ महाधिबेशनका लागि छनौट हुनु भएका प्रतिनिधिहरु । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लामा एघारौ महाधिबेशन प्रतिनिधिमा बाँकी चार जना पनि सर्वसम्मत रुपमा छनौट भएका छन । सहमतिको लामो प्रयासले सार्थकता पाएपछि छ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन ।

आकांक्षी बढी देखिदा छनौट कार्य लम्बी रहेको भएपनि सहमतिमा प्रतिनिधि छनौट कार्य भएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशहबहादुर शाहीले बताए । खुल्ला दुई जनामा छ जना भएपनि जिल्ला अध्यक्ष ज्ञामी बुमी र लोकबहादुर हमाल सर्वसम्मत चयन भएका हुन ।

दुई जना महिला प्रतिनिधिका लागि पनि छ जनाको उम्मेदवारी परेकोमो सहमतिपछि प्रतिमा लामा, र बिमला शाही चयन भएकी छन । आईतबार रातभर सहमतिाको प्रयास गरिएको भएपनि सोमबार बिहानमात्र सहमति भएको होे ।

यसअघि महाधिबेशन प्रतिनिधि चयन हुनेमा एमाले हुम्लाका सचिव तिर्थराज बोहरा चालीस वर्ष मुनिका युवाबाट र दलित कोटाबाट पर्वत सुनार निर्विरोध चयन भई सकेका थिए ।