सि.टा. समाचारदाता
सिमकोट । कार्यालयमा सेवा लिनका लागि आउने सवै खाले सेवाग्राहीका लागि निशुल्क चियाको ब्यवस्था गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले कामका लागि कार्यालयमा आउने सवै खाले सेवाग्राहीका लागि सो सेवा प्रदान गरेको हो ।
कार्यालयमा कामको सिलसिलामा आउने जो सुकै सेवाग्राहीलाई एक कप चियाले सत्कार गर्ने कार्यको थालनी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नर रावतले बताए । यो कार्यक्रमको शुभारम्भ गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाले एक कार्यक्रमकाबिच सेवाग्राहीलाई चिया प्रदान गरेर गरेका हुन । सो सेवा सोमवारबाट सुरु भएको छ ।
यो अथिति सत्कार भित्रै पर्ने र काम बिशेषले आउने सेवाग्राहीलाई मुस्कान सहित एक कप चियाले स्वागत सत्कार गर्न उपयुक्त हुने लागेरै यो कार्यक्रम सुरु गरिएको उनले बताए । शनिबार बाहेक अन्य छ दिनमा कार्यालयमा बिहानबाट बेलुकासम्म आउने सेवाग्राहीले एक कप चिया पिउने ब्यवस्था गरिएको हो ।
अथिति सत्कार गर्ने कार्यलाई सकरात्मक रुपमा लिन पनि उनले सवैलाई आग्ह गरेका छन । यसका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सल्लाहका आधारमा यो कार्यक्रम तय गरिएको हो । यसका लागि बार्षिक खर्च भने कति लाग्छ भन्ने अनुमान भने गरिएको छ । त्यसका लागि चिया पकाउने ब्यवस्था भने गाउँपालिका आफैले ब्यवस्था गर्नेछ ।
























