सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि सहमति नजुटेपछि एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ । बुधबारसम्म बसेको नेकपा एमाले हुम्लाको वैठकले उक्त नामहरु सिफारिस गरेको हो ।
एकल रुपमा नाम सिफारिस गर्न पटक पटक बैठक र परामर्श गरेको एमाले जिल्ला कमिटी हुम्लाले अन्ततः तीन जनाको नाम सिफारिस गरेको हो ।। सिफारिस गरिएका नामहरुमा दल रावल, दल फडेरा र सौमती ऐडी रहेकी छन् । रावल कर्णाली प्रदेश सरकारको पुर्व मन्त्री हुन भने फडेरा पुर्वगाउँपालिका अध्यक्ष र ऐडी पुर्व गाउँपाालिका उपाध्यक्ष हुन।
मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार वनेका फडेरा र महिलाबाट ऐडीको नाम सिफारिस गरेको हो ।
बुधबार सुर्खेतमा बसेको एमाले कर्णाली प्रदेश बैठकमा जिल्लाको तर्फबाट पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टी केन्द्रको निर्देशन अनुसार हुम्लाबाट तीन जनाको नाम सिफारिस गरेको जानकारी गराएका थिए । अब केन्द्रले गर्ने निर्णय अनुसार एमाले हुम्ला अगाडी बढ्ने एमालेले जनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले औपचारिक रुपमा पार्टी निर्वाचन केन्द्रीत हुने र जिल्लाका सात वटै गाउँ कमिटी, ४४ वटै वडा कमिटिलाई निर्वाचन केन्द्रीत अभियानमा लाग्न एमाले हुम्लाले आग्रह गरेको छ ।
























